स्थगित भएकाे निर्वाचन दुई दिनभित्र गराउने वातावरण बनाउन आयोगकाे निर्देशन
नेपालखोज
२०७९ मंसिर ४ गते २०:५२

काठमाडाैं । निर्वाचन आयोगले १५ स्थानमा स्थगित भएकाे निर्वाचन दुई दिनभित्र गराउन भनेकाे छ । निर्वाचन आयोगले बागलुङ, बर्दिया, गुल्मी, बाजुरा लगातका १५ स्थानमा स्थगित भएका क्षेत्रमा दुई दिनभित्र निर्वाचनको वातावरण बनाउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएकाे हाे ।
आइतबार साँझ आयोगले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । निर्वाचन प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सम्बन्धी सम्पूर्ण विवरण अध्यावधि भइरहेको जानकारी दिए । उनले ७७ जिल्लाबाट विवरण आएपछि प्रदेशगत विवरण सार्वजनिक गरिने बताए ।
सम्बन्धित

प्रतिक्रिया