कतार विश्वकपको उद्घाटन
नेपालखोज
२०७९ मंसिर ४ गते २२:११

काठमाडाैं । कतार विश्वकपको उद्घाटन भएको छ । अल खोर सिटीस्थित अल बायत रंगशालामा भव्यताका साथ उद्घाटन समारोह भएको हो ।
उद्घाटन समारोहमा कतारका घानियन अल मुफ्ताहलाई नायकका रुपमा प्रस्तुत गरिएको थियो । त्यस्तै, अमेरिकी कलाकार मोर्गान फ्रीम्यान, कतारकै गायक फहाद अल कुबैसी र दक्षिण कोरियाका गायक जुङ कुकले प्रस्तुति दिएका थिए ।
विश्वकपका खेलहरू कतारका आठवटा रंगशालामा हुनेछन् । फाइनल खेल पुस ३ गते हुनेछ । विश्व कप फुटबल आयोजना गर्ने कतार पहिलो खाडी देश हो । कतारले १२ वर्षअघि विश्व कप आयोजनाको जिम्मेवारी पाएको थियो ।
फिफा विश्व कपको इतिहासमा पहिलो पटक जाडो महिनामा विश्व कप हुन लागेको हो । यसअघि जुन–जुलाईमा विश्व कप हुँदै आएको थियो ।
सम्बन्धित
प्रतिक्रिया