बुधबार, वैशाख ५, २०८१

‘गाँजा खेतीलाई वैधानिक गरे देशको अर्थतन्त्र बलियो बनाउन सकिन्छ’

केशवप्रसाद गौतम २०७९ साउन २४ गते १२:४९

अमेरिकाको क्यालिफोर्नियालगायत कतिपय राज्यमा गॉंजा खेती वैधानिक छ । स्वास्थ्यका लागि गॉंजा उपयोगी छ । गाँजाबाट निर्मित औषधि अलजाइमर्स, र क्यान्सर रोगका विरुद्ध प्रयोग गरिन्छ । त्यसबाहेक पनि धेरै किसिमका औषधि निर्माण गरेर अमेरिकाले आज हजारौं मिलियन डलर कमाइरहेको छ ।

हाम्रो देशमा पनि वि.सं. २०२० को दशकसम्म गॉंजा, सुर्तीको खेती गरिन्थ्यो । हाम्रा पिता-पुर्खाले सिगरेट खान जानेका थिएनन् । तम्बाखु, गॉंजा खाने गर्नुहुन्थ्यो र विदेश निकासी पनि गर्नुहुन्थ्यो । जसले गर्दा हाम्रो देशको अर्थतन्त्र सबल थियो ।

तर अमेरिकाले पञ्चायतकालमा केही आर्थिक सहयोग दिएर नेपाल सरकारबाट गॉंजा खेतीमा प्रतिबन्ध लगायो । चुरोट खाने बानी लगाएर देशको रुपैयाँ विदेश लगेर देशलाई गरिब बनायो । अमेरिकाले विश्वका गरिब देशहरूलाई गॉंजा खेती हानिकारक छ, यसले देशका युवाहरूलाई कुलतमा पार्छ भनेर भ्रममा पारेर गॉंजा खेतीबाट सबैलाई अलग गरी आफूले एकलौटी रूपमा विभिन्न प्रजातिका गॉंजा खेती गरी विश्वभरि गॉंजा र त्यसबाट निर्मित औषधि सप्लाई गरी पैसा कमाइरहेको छ ।

आज हामीले सनफ्रान्सिस्को बे एरियाबाट करिब २०० माइल टाढा रहेको क्यालिफोर्निया राज्यको ‘मेन्डोसिनो काउन्टी’ मा रहेको एउटा गॉंजा फार्मको अवलोकन गर्यौं । हामीले ‘ग्रिन हाउसमा’ हुर्काउँदै गरेका गॉंजाको बोटहरू, खुला ठाउँमा रहेका गॉंजाको बोटहरू र पहाडका डाँडामा रहेका गॉंजाको बगानहरूका हेर्यौं ।

सयकडौं रोपनीमा गरिएका गॉंजा खेतीको मात्र होइन गॉंजा कसरी तयारी गरिन्छ । कसरी अन्यत्र पठाउन प्याकिङ गरिन्छ भन्ने कुरा पनि जानकारी लियौं ।

हाम्रो देशमा पनि गॉंजा खेतीलाई वैधानिक गरी देशको अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ । त्यसका लागि सदनबाट गाँजा खेतीलाई वैधानिक बनाउन जनदबाब सिर्जना गरौं । अमेरिकाभन्दा पनि हाम्रो देशको हावापानी र माटो गॉंजा खेतीका लागि उपयुक्त छ । किनभने हाम्रो देशमा गॉंजा, भांग छर्न पर्दैन । आफैं उम्रन्छ । त्यसैले शुभकार्य गर्न विलम्ब नगरौं !!

प्रतिक्रिया