दाङ क्षेत्र नं ३ को मतगणना सुरु
नेपालखोज
२०७९ मंसिर ५ गते १३:४०

दाङ । दाङ क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । मध्यान्ह १२ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए ।
क्षेत्र नं ३ मा एक लाख ४६ हजार चारसय ७५ मतदाता रहेकोमा ९० हजार एक सय ५० मत खसेको छ । क्षेत्र नं ३ को भू–तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरमा मतगणना भइरहेको छ । त्यसैगरी दाङ क्षेत्र नं १ र २ मा केही समयमा मतगणना हुने मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया