मंगलबार, असार २४, २०८२

पर्सा–२ (१) को प्रदेशसभा सदस्यमा पटेलको अग्रता कायमै

नेपालखोज २०७९ मंसिर ५ गते १९:३३

पर्सा । पर्सा क्षेत्र नं २ को (१) प्रदेशसभा सदस्यका लागि जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेद्वार श्याम पटेलको अग्रता कायम छ । ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनाको पछिल्लो परिणामअनुसार दुई हजार आठ सय २० मत गनिसक्दा सत्ता गठबन्धनका साझा उम्मेद्वार पटेलले एक हजार ९० मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत विनोद पोख्रेलले जानकारी दिए ।

दोस्रो स्थानमा रहेका जसपाका उम्मेदवार रामनरेशप्रसाद यादवले आठ सय ८१ मत प्राप्त गरेका हुन् । यादवभन्दा पटेल दुई सय नौ मतले अगाडि छन् । राप्रपाका उम्मेद्वार हरिप्रसाद चौधरी तीन सय ९० मतका साथ तेस्रो स्थानमा छन् । पर्सा–४ मा कांग्रेसका रिजालको सुरुवाती अग्रता पर्सा क्षेत्र नं ४ को जारी मतगणनाको पहिलो परिणामअनुसार प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले सुरुवाती अग्रता लिएका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनाको पहिलो परिणामअनुसार र दुई हजार ७४ मत गनिसक्दा सक्दा गठबन्धनका साझा उम्मेद्वार रिजालले नौ सय ४९ मत प्राप्त गरेका छन् । एमालेका उम्मेद्वार जालिम मियाँले आठ सय ४२ मत प्राप्त गरेका छन् । मियाँभन्दा रिजाल एक सय सात मतले अगाडि छन् । यस्तै राप्रपाका उम्मेद्वार अवधेशप्रसाद गौरो ५० मतका साथ तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया