सोमबार, असार २३, २०८२

गुल्मीको अर्बेनी र सुर्खेतको सिम्तामा आज पुन : मतदान

नेपालखोज २०७९ मंसिर ६ गते १६:३२

काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगन भएको गुल्मीको कालीगण्डकी गाउँपालिका-२ को भगवती मावि, अर्बेनी र सुर्खेतको सिम्ता गाउँपालिका-६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा मतदानस्थलमा आज पुनः मतदान भइरहेको छ ।

स्थगन भएकामध्ये नवलपरासीपूर्वको देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालय मतदानस्थलमा सोमबार पुन: मतदान भइसकेको छ । स्थगित भएकामध्ये बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका-५ स्थित नन्देश्वरी मावि, पिपलचौर मतदान केन्द्रमा पुनः मतदानको मिति तय हुन बाँकी रहेको छ ।

प्रतिक्रिया