सोमबार, वैशाख २९, २०८२

फिफा विश्वकप फुटबल २०२२ : आज चार खेल हुने

नेपालखोज २०७९ मंसिर ७ गते ७:२५

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा बुधबार समूह ‘ई’ र समूह ‘एफ’ को दुई दुई खेलहरु हुनेछन् ।  

पहिलो खेलमा समूह ‘एफ’ मा रहेको मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।  यस्तै दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी र जापानबीच नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

त्यसैगरी बुधबार हुने तेस्रो खेलमा स्पेन र कोस्टारिकाबीच नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । आज हुने चौंथो खेलमा बेल्जियम र क्यानडाबीच नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया