सोमबार, असार २३, २०८२

काठमाडौँ– ७ : राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार पराजुली विजयी

नेपालखोज २०७९ मंसिर ७ गते ८:२७

काठमाडौं । ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । आज बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेद्वारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले आठ हजार सात सय ४३ मत ल्याई विजयी भएका निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिए ।

दोस्रो मत नेकपा (एमाले)का उम्मेद्वार श्यामकुमार घिमिरेले प्राप्त गरेका छन् । उनले छ हजार आठ सय र लोकतान्त्रिक–वाम गणबन्धनकी उम्मेद्वार मानुषी यमी भट्टराईले छ हजार ६३ मत प्राप्त गरेका निर्वाचन अधिकृत श्रेष्ठले बताए । यस्तै एक हजार पाँच सय ७४ मत बदर भएको छ ।

कुल २४ हजार एक सय ९८ मतगणना हुँदा काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभामा २९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । जसमा १३ जना विभिन्न राजनीतिक दल र १६ जना स्वतन्त्र उम्मेद्वार रहेको निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ ।

उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ मतदान केन्द्रमा मतदान भएको थियो । ६१ हजार दुई सय ९२ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३७ हजार छ सय ३५ मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका थिए ।

प्रतिक्रिया