पर्सा–२(२)मा कुर्मी निर्वाचित
नेपालखोज
२०७९ मंसिर ७ गते १०:३५

काठमाडाैं । पर्सा–२ (२) मा रमेशप्रसाद कुर्मी पुनः निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेद्वार कुर्मी दुई हजार छ सय ३७ मतान्तरले विजयी भएका हुन् ।
कुर्मीले नौ हजार चार सय ४१ मत हासिल गर्दा उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहले छ हजार आठ सय ३४ मत प्राप्त गरेका थिए ।
मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलका अनुसार कुर्मी विसं २०७४ को आम निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया