पर्सा १ बाट यादव दोस्रो पटक निर्वाचित

नेपालखोज २०७९ मंसिर ७ गते १९:३५

पर्सा । पर्साको निर्वाचन क्षेत्र नं १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार प्रदीप यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यादवले स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई एक हजार छ सय २० मतको अन्तरले पराजित गरेका हुन् । पर्सा क्षेत्र नं १ को सम्पूर्ण मतगणना हुँदा द्विवेदीले २० हजार नौ सय १७ मत प्राप्त गरेका यादवले २२ हजार पाँच सय ३७ मत ल्याएर विजयी भएका पर्साका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।
पर्साको निर्वाचन क्षेत्र नं १ बाट यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया