झिनो मतले जित-हार !
नेपालखोज
२०७९ मंसिर ८ गते १०:१६

काठमाडाैं । अहिलेसम्मको मतपरिणाममा केहि क्षेत्र यस्ता छन् जहाँ निकै कम मतमा जित-हार भएको छ । काठमाडौं क्षेत्र नम्बर -१ मा प्रकाशमान सिंह जम्मा १३२ मतले विजयी भएका छन् । सिंहले ७ हजार १ सय ४३ मत प्राप्त गर्दा उनका निकट प्रतिद्वन्द्वी राप्रपाका रविन्द्र मिश्रले ७ हजार ११ मत प्राप्त गरे ।
त्यस्तै पर्सा-३ मा नेकपा एमालेका राजकुमार गुप्ताले कांग्रेस उम्मेद्वार सुरेन्द्र चौधरीलाई १५१ मतले हराएका छन् । गुप्ताले २४ हजार २ सय ६० मत प्राप्त गरेका थिए । ताप्लेजुङ -१ मा एमालेका योगेश भट्टराईले २०८ मतको झिनाे मतले जित हात पारे । योगेशले २१,९४३ मत प्राप्त गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया