शुक्रबार, असार २०, २०८२

चुनाव जित्नेहरु-४

नेपालखोज २०७९ मंसिर ८ गते १६:१४

जिते माधव नेपाल

रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर – १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् । नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।

रवि लामिछाने ठुलो जीत

चितवन – २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ठुलो मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

२९ बर्षका बिजयी

मुस्ताङ- १ मा नेपाली कांग्रेसका योगेश गौचन थकाली ३९९२ मतका साथ बिजयी भएका छन । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ३०७८ मत पाएका थिए ।

रसुवामा मोहन आचार्य

रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य १८२३५ मत ल्याएर बिजयी भए भने उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका छोवाङ तेन्जिन तामाङले ८६१४ मत ल्याएका थिए

डा.शशांक बिजयी

पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नम्बर – १ मा नेपाली कांग्रसका पूर्वमहामन्त्री डा.शशांक कोइराला निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतगणनाअनुसार कोइराला २७ हजार ६७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।कोइरालाका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्ण पौडेलले २५ हजार ४७ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ३०५ मत ल्याउँदै तेस्रो स्थानमा छन् ।

फेरि हराए साँवाले थेवेलाई

झापा – ४ बाट नेकपा एमालेका लालप्रसाद साँवा लिम्बू प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक विजयी भएका छन्। साँवा नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेवेलाई ६,८६७ मतान्तरले पछाडि पार्दै विजयी भएका हुन्। ०७४ को प्रतिनिधिसभा निर्वाचनमा साँवा तिनै देउकुमार थेवेलाई १६ हजार भन्दा बढीको मतान्तरले हराएका थिए। साँवाले २९ हजार ३ सय १५ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउकुमार थेवेले २२ हजार ४ सय ४८ मत प्राप्त गरेका छन्।

मकवानपुरमा राप्रपा

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर – १ मा राप्रपाका दिपकबहादुर सिंह निर्वाचित भएका छन् । सिंहले कांग्रेस तथा राप्रपा नेपालका चर्चित उम्मेदवारहरुलनई पछाडि पार्दै जित हासिल गरेका हुन् । सिंह २७ हजार ८१६ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) ले २५ हजार ४३४ मत प्राप्त गरिन् भने एमालेको चुनाव चिह्न लिएर उम्मेदवारि दिएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत प्राप्त गरेका छन ।

सर्लाहीमा लोसपाक‍ो जित

सर्लाही क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामप्रकाश चौधरी विजयी भएका छन् । उनले स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई पराजित गरेका हुन् । चौधरीले २४ हजार ८३८ मत प्राप्त गरेभने खड्काले १८ हजार ४०४ मतमा खुम्चिए । यसैगरि जनता समाजवादी पार्टीका प्रमोद साहले १४ हजार २५५ मत पाउँदा जनमत पार्टीका रामविश्वास रायले ४ हजार ९६ मत प्राप्त गरेका छन ।

ललितपुर- २ मा एमाले

नेकपा एमालेका प्रेमलाल महर्जन ललितपुर- २ बाट निर्वाचित भएका छन । उनले १५०२५ मत प्राप्त गरेका छन । महर्जनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८८८६ मत ल्याए ।

काठमाडौं- ९ मा फेरि कृष्ण गोपाल

काठमाडौं- ९ मा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठले जित हासिल गरेका छन्। उनले ११९५६ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर बस्नेतले १०,९६१ मत पाएका छन ।

जिते मानविर , हारे बल बहादुर

सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् । उनले नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरे । राईले १९ हजार ३२४ मत ल्याउँदा केसी १६ हजार ५४५ मतमा सिमित भए ।

उदयपुरमा एमाले

उदयपुर-२ बाट एमालेका अम्मरबहादुर रायमाझी १५,२५१ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी (एस) जगन्नाथ खतिवडाले १२,८९३ मत मात्र जोडन सके ।

कैलालीमा नागरिक उन्मुक्ति पार्टी

कैलाली- ३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन्। उनले २३१२० मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्ण कुमार चौधरीले १७७४९ मत प्राप्त गरेका छन्।

राईले हराई एमाले सचेतक लाई

खोटाङमा माओवादी केन्द्रका रामकुमार राई निर्वाचित भएका छन्। उनले नेकपा एमालेका विशाल भट्टराईलाई पराजीत गरेका हुन्। रामकुमार राईले ३१ हजार ३५१ मत प्राप्त गरेका छन भने विशाल भट्टराई २८ हजार ६८२ मै सिमित भएका छन ।

थामिएन सूर्यबहादुरको बिरासत

धनकुटा -१ बाट नेकपा एमालेका उम्‍मेदवार राजेन्द्र कुमार राई निर्वाचित भएका छन् ।
राईले कांग्रेसका उम्‍मेदवार सुनीलबहादुर थापालाई १ हजार ३८७ मतान्तरले पराजीत गरेका हुन् । राईले ३० हजार १०१ मत प्राप्त गरेका छन भने थापाले २८ हजार ७०४ मत ल्‍याएका छन् । यसैगरि स्वतन्त्र उम्‍मेदवार हेमराज भण्डारीले ५ हजार ९२६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले १ हजार ५९ मत जोडेका छन ।

प्रतिक्रिया