नुवाकोट–१ को प्रदेशसभा (२) मा कांग्रेसका महत विजयी

नेपालखोज २०७९ मंसिर ८ गते २२:१२

नुवाकोट । नुवाकोट क्षेत्र नं १ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी भएका छन् ।

निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार आज सम्पन्न भएको मतगणनामा कांग्रेसका नुवाकोट सभापतिसमेत रहनुभएका महत १३ हजार सात सय २७ मत ल्याएर विजयी ल्याएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का पूर्णलाल श्रेष्ठले ११ हजार आठ सय ३१ मत ल्याए ।

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पाटीका उम्मेदवार विमल थापाले तीन हजार ९२ मत प्राप्त गरेका छन् । एक स्वतन्त्रसहित नौ उम्मेदवार चुनावी मैदानमा थिए ।

जिल्लाको ककनी, लिखु, सूर्यगढी गाँउपालिका र पञ्चकन्या गाँउपालिकाको वडा नं. १, २ र ५ यस प्रदेश निर्वाचन क्षेत्रमा पर्दछन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा ३२ हजार दुई सय ४० मत खसेको थियो । अब निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) को मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया