तराई भू-भागमा हुस्सु/कुहिरो, चिसोबाट बच्नू
नेपालखोज
२०७९ मंसिर ९ गते ७:३४

काठमाडाैं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएइको छ । अहिले देशका तराई भू-भागका केहि स्थानमा हुस्सुरकुहिरो लागेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।
आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । आज राति देशभर मौसम सामान्यतया सफा रहनेछ विभागले उल्लेख गरेकाे ।
त्यस्तै तराई भू-भागमा हुस्सुरकुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेकाे छ ।
सम्बन्धित

प्रतिक्रिया