शुक्रबार, जेठ ४, २०८१

झूटो यौन अपराधको आरोपमा ८.५ वर्ष जेल

नेपालखोज २०७९ चैत २ गते ११:५४

काठमाडाैं । एक भाइरल पोष्टले बेलायतमा बस्ने मोहम्मद रमजानलाई बर्बाद बनायो । उनको परिवार र व्यवसाय छिन्नभिन्न भयो। झुटो आरोप लगाउने बेलायती युवतीलाई अहिले जेल सजाय सुनाइएको छ । मे २०२० मा बेलायतमा एउटा फेसबुक पोस्ट भाइरल हुन थाल्यो । उक्त पोष्ट एलेनोर विलियम्स नामकी केटीले लेखेकी थिईन ।

पोष्टमा उनलाई दक्षिण एसियाली मूलका पुरुषहरूले कसरी लागूऔषध ख्वाएर सामूहिक बलात्कार गरीएको थियो भनि बताईएको थियो । त्यो फेसबुक पोष्ट अनुसार त्यसपछि उनलाई एम्स्टर्डममा वेश्यावृत्तिमा लगाइयो । चाँडै त्यो पोस्ट एक लाख भन्दा बढी पटक सेयर भयो । फेसबुक पोष्टमा विलियम्सले आफुलाई १२ वर्षको उमेरदेखि हुर्काउने पाकिस्तानी मूलका व्यापारी मोहम्मद रमजानले एक दिन ब्ल्याकपूलमा लगेको बताएकी छिन् । त्यहाँ उनलाई ज्यान मार्ने धम्की दिएर थुप्रै मानिसले बलात्कार गरेको बताईएको थियो ।२२ वर्षीया विलियम्सले नेदरल्याण्डको राजधानी एम्स्टर्डममा रमजानले आफूसँग यौनसम्पर्क गर्न जबरजस्ती गरेको आरोप पनि लगाएकी थिईन् ।

त्यो पोस्ट भाइरल हुने बित्तिकै ती युवतीको गृहनगर ब्यारोका मानिसहरू आक्रोशित भए । सहरमा तोडफोड सुरु भयो । समाज दुई भागमा विभाजित भयो । जातीय घृणाले टाउको उठाउन थाल्यो। बेलायती सञ्चारमाध्यममा पनि यस विषयमा चर्को बहस सुरु भयो । पुलिस विलियम्सको आरोपको शंकास्पद रिपोर्ट प्रकाशित गर्ने एक स्थानीय अखबार बन्द गर्न समेत बाध्य भयो।

मोहम्मद रमजानसहित युवतीले आरोप लगाएका तीन जना दक्षिण एसियाली पुरुषको जीवन समस्याले घेरियो । तीनै जनाले आत्महत्याको प्रयास पनि गरे भने विश्वभरका मानिसले मोहम्मद रमजानलाई मार्ने धम्की दिन थाले । रमजानको घर र गाडीका सिसा फुटाईए । उनको चलिरहेको व्यवसाय धरासायी भयो ।

यो घटनाको अनुसन्धानको क्रममा विलियम्सको आरोपका तहहरू खोतल्न थालियो । प्रहरीका अनुसार युवतीले आफू नेदरल्याण्डमा भएको दिन रमजानको बैंक कार्ड प्रयोग गरेकि थिईन । यसबीच ब्ल्याकपुलमा सामूहिक बलात्कार भएको दाबी गरिएको दिन युवती एक्लै भएकि र होटलको कोठामा बसेर युट्युबमा भिडियो हेरिरहेको पत्ता लाग्यो । प्रहरी अनुसन्धान प्रतिवेदन र अदालतको कारबाहीपछि प्रिस्टन क्राउन अदालतले ती महिलालाई दोषी ठहर गर्दै साढे आठ वर्ष जेल सजाय सुनाएको छ । न्यायाधीश रोबर्ट एल्थमले भनेका छन् – उनि विलियम्सको मनसायको व्याख्या गर्न सक्दैनन् तर उनको आरोप “पूर्णतया काल्पनिक” छ ।
अदालतले विलियम्सले गल्ती स्वीकार गरेको माफी पत्र पनि प्राप्त गरेको छ । उक्त पत्रमा विलियम्सले भनेकि छिन्, “मैले म दोषी छु भनेको होइन तर मलाई थाहा छ यो घटनामा केही ठाउँमा मेरो गल्ती छ र त्यसका लागि म माफी चाहन्छु।” युवतीका अनुसार उनले समाजमा तनाव वा घृणा फैलाउन चाहेकि होईनन् । यता न्यायाधीशले विलियम्सलाई उनको पोस्ट पछि पाकिस्तानी मानिसहरू प्रती घृणा फैलने कुरा पहिल्यै थाहा भएको बताएका छन । माफीमा युवती भन्छिन्, “यदि मलाई मेरो पोस्टको परिणाम थाहा भएको भए म त्यस्तो पोस्ट कहिल्यै गर्ने थिइनँ। “

एपी

प्रतिक्रिया