नेप्से १,९३३ दशमलव ५५ अंकमा, सातामा तीन अर्ब ३० करोडकाे काराेबार

नेपालखोज २०७९ मंसिर ९ गते ९:०६


काठमाडौं । यो साता नेप्से १९ सय ३३ दशमलव ५५ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८० दशमलव ९२ अंकमा सीमित भएको छ । सातामा दुई सय ३२ वटा कम्पनीहरुको ६० हजार छ सय १४ पटकको कारोबारमा ९१ लाख ७२ हजार चार सय ३८ कित्ता शेयर खरिद–बिक्री भएका छन् ।

जसबाट कुल कारोबार रकम तीन अर्ब ३० करोड तीन लाख ५३ हजार पाँच सय ११ रुपैंयाँ कायम भएको छ । यो कारोबार रकम गत साताको भन्दा कम हो । गत साता भने नेप्सेमा दुई सय ३२ वटा कम्पनीहरुको एक लाख पाँच सय १४ पटकको कारोबारमा एक करोड ४१ लाख पाँच हजार सात सय ५७ कित्ता शेयर खरिद–बिक्री भएको थियो ।

जसबाट उक्त साता कुल कारोबार रकम पाँच अर्ब ३१ करोड ९५ लाख ९८ हजार छ सय ३१ रुपैयाँ पुगेको थियो । यो साता नेप्से तीन कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो र दोस्रो दिन नेप्से बन्द रहेको थियो भने तेस्रो र चौंथो दिन नेप्से घटेको थियो । पाँचौं दिन भने नेप्से बढेको थियो ।

जसमध्ये तेस्रो दिन सात दशमलव १३ अंकले घटेर १९ सय २९ दशमलव ७० अंकमा खुम्चिएको नेप्से अन्तिम कारोबार दिन भने ११ दशमलव ५६ अंकले बढेर १९ सय ३३ दशमलव ५५ अंकमा चढ्न सफल भएको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तेस्रो दिन एक दशमलव ४६ अंकले घटेर तीन सय ७९ दशमलव ६० अंकमा झरेकोमा पाँचौं दिन तीन दशमलव शून्य दुई अंकले बढेर तीन सय ८० दशमलव ९२ अंकमा पुग्न सफल भएको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको नेपाल बैंक, नबिल बैंक, सिभिल बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा सिभिल बैंक, नेपाल बैंक, हिमालयन डिष्ट्रिलरी आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।

प्रतिक्रिया