शनिबार, वैशाख १५, २०८१

अन्तर्राष्ट्रिय नाट्य महोत्सव आजदेखि : सामाजिक रुपान्तरणका लागि रंगमञ्च

नेपालखोज २०७९ मंसिर ९ गते ११:२८

काठमाडाैं । विविधिताको उत्सव भन्ने नाराका साथ आज काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव – २०७९ (निटफेस्ट) प्रारम्भ हुँदैछ । ९ दिनसम्म चल्ने महोत्सव आज शुक्रबार दिउँसो २ बजे थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा उद्घाटन गरिँदैछ । 

महोत्सवमा भारतकि सुप्रसिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आतिथ्यमा १२ देशका १८ वटा नाटकको मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रमहरु संचालन हुनेछन् । यो महोत्सवमा विश्वभरिका दुई सय भन्दा बढी नाट्य कलाकार सहभागी हुने बताइएको छ ।

महोत्सवका क्रममा मंसिर १७ सम्मका बिहान ८ बजेदेखि साँझ ७:३० बजेसम्म नाटक मञ्चन तथा विविध कार्यक्रमहरु संचालन हुनेछन् । 

यो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे तथा अर्जेन्टिनाका नाटकहरु मन्चन गरिँदैछ ।

प्रतिक्रिया