आइतबार, जेठ ६, २०८१

कारागारमा मृत्यु भएका चण्डेश्वरको परिवारले शव बुझ्न मानेन

नेपालखोज २०८० पुष १० गते १९:१०

विराटनगर । दश महिनाअघि कारागार चलान भएका विराटनगर महानगरपालिका– १० का चण्डेश्वर सहनी सोमबार कारागारबाट छुट्दै थिए । उनका छोराछोरी बुबालाई लिन बिहान साढे ९ बजे कारागार जाने तयारीमा थिए ।

बुबा आउने भएपछि छोरी पूजासहित परिवारका सदस्य खुसी थिए । तर सोमबार बिहानै सहनीको मृत्युको खबर घरमा पुग्यो । छोरीहरु दौडिएर कोशी अस्पताल आए । अस्पतालको शव गृहमा लास राखिएको थियो । सुरुमा प्रहरीले हेर्न दिएनन्, रोइ कराइ गरेपछि बल्ल मुख हेर्न दिए ।

मंगलबार दिउँसो अस्पतालमा भेटिएकी पूजाले भनिन्, ‘बिरामी भएको र अस्पताल ल्याएको पनि जानकारी दिएनन्, हामीलाई लास मात्रै देखाए ।’

सहनीको मृत्यु शंकास्पद भन्दै परिवारले शव बुझ्न मानेको छैन । मंगलबार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की कोशी अस्पतालमा आफन्त बिरामी हेर्न जाँदा बाटोमा रोकेर पूजाले न्यायका लागि हारगुहार गरिन् । बुबालाई मारिएको शंका गर्दै छानबिन गरिदिन आग्रह गरिन् । पूजाको रोइकराई सुनेपछि मुख्यमन्त्री म हेर्छु भन्दै फर्किए ।

प्रतिक्रिया