कपिलवस्तु-३ (२) मा राप्रपा विजयी
नेपालखोज
२०७९ मंसिर ९ गते १२:३४

कपिलवस्तु । कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ को प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकीप्रसाद यादव विजयी भएका छन् । यादवले आठ हजार पाँच सय ८२ मत प्राप्त गरि निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बिहीबार राति सकिएको मतगणनामा यादवले नेकपा एमालेका उम्मेदवार रजाउर्रहमान खाँलाई ६ सय ७५ मतले पराजित गरेका हुन् । यादवले आठ हजार पाँच सय ८२ मत पाउँदा खाँले सात हजार नौ सय सात मत प्राप्त गरे । निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा ३५ हजार ६ सय ३४ मत खसेकोमा दुई हजार ७० मत बदर भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया