सोमाली सेनाद्वारा १५ अल-शबाब लडाकु मारिए
नेपालखोज
२०७९ मंसिर १० गते १४:१५

मोगादिसु । अन्तरराष्ट्रिय साझेदारहरूको समर्थनमा रहेको सोमाली सुरक्षा बलले शुक्रबार दक्षिणी सोमालियामा गरेको स्टिङ अपरेसनमा अल-शबाबका १५ लडाकू मारिएका छन्।
सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले सोमालियाको राजधानी मोगादिसुबाट जारी गरेको विज्ञप्ति अनुसार मध्य सोमालियाको गलगादुड क्षेत्रको कयिबमा गरिएको असफल आक्रमणमा अल-शबाब लडाकुहरूको संख्यामा मृत्यु भएको हो।
‘खावारीज (अल-शबाब) ले राष्ट्रिय सेना र स्थानीयहरूलाई आक्रमण गर्ने प्रयास गरेपछि आज बिहान कयिब शहरमा भएको लडाईमा भारी पराजय भएको छ,’ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
त्यसैगरी सेनाले तीन कार बमहरू पनि नष्ट गरेको च । असफल आक्रमणको क्रममा दर्जनौं लडाकुहरूलाई मारिएका छन् भने यो क्षेत्र अब पूर्ण रूपमा सरकार र स्थानीय सेनाको नियन्त्रणमा छ ।
सम्बन्धित
प्रतिक्रिया