बिहीबार, वैशाख १३, २०८१

३२ अंकले नेप्से बढ्दा २ अर्ब २ करोड ५४ लाखको सेयर किनबेच

नेपालखोज २०७९ मंसिर ११ गते १५:३४

काठमाडौं । साताको सुरुवाती कारोबार दिन नै नेप्से बढेको छ । आज आइतबार नेप्से ३२ दशमलव ४३ अंकले बढेर १९ सय ६५ दशमलव ९८ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३४ अंकले बढेर तीन सय ८६ दशमलव २६७ अंकमा चढेको छ ।

दुई सय ३३ वटा कम्पनीहरुको ३१ हजार ९३ पटकको कारोबारमा ४२ लाख २३ हजार आठ सय ६७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब दुई करोड ५४ लाख ८९ हजार ५२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सामुहिक लगानी कोष समूहको सुुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् ।

जसमध्ये बाणिज्य बैंक समुहको सुचक १९ दशमलव १८ अंकले बढेर १३ सय ७७ दशमलव ४८ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक ६४ दशमलव सात अंकले बढेर तीन हजार पाँच सय १४ दशमलव ३३ अंकमा चढेको छ । यसैगरी जलबिद्युत समुहको सुचक पनि ३७ दशमलव ५४ अंकले बढेर दुई हजार ५३ दशमलव ८७ अंकमा चढेकोमा जीवन बीमा समूहको सुचक पनि ९९ दशमलव ४० अंकले बढेर नौं हजार एक सय ८१ दशमलव ६३ अंकमा चढेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि ७६ दशमलव २९ अंकले बढेर सात हजार छ सय ९९ दशमलव ६३ अंकका चढेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र टेडिङ समूहहरुको सुुचक पनि बढेका छन् ।

नेप्सेमा आज डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य आठ दशमलव २१ प्रतिशतले बढेर नौं सय ७४ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनएमबी हाईव्रिड फण्ड १ को प्रतियुनिट सेयर मुल्य तीन दशमलव ११ प्रतिशतले घटेर नौं रुपैयाँ दुई पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता चार हजार ६६ रुपैयाँ अन्तिम मुल्यमा ४५ करोड चार लाख सात हजार एक सय १९ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया