सोमबार, वैशाख २९, २०८२

फिफा विश्वकप : कोस्टारिकासँग जापान पराजित

नेपालखोज २०७९ मंसिर ११ गते १७:५९

काठमाडाैं । फिफा विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा कोस्टारिकाले जापानलाई पराजित गरेको छ । अहमेद बिन अली स्टेडियममा सम्पन्न समूह ‘ई’ को खेलमा एसियाली मुलुक जापान १-० गोलअन्तरले कोस्टारिकासँग पराजित भएको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलमा कोस्टारिकालाई जित दिलाउन किशेर फुलेरले निर्णायक गोल गरे । उनले खेलको ८१ औं मिनेटमा गोल गर्दा खेलअवधिभर पकड बनाएर पनि जापान १-० गोलअन्तरले पराजित हुन पुगेको हो। यसअघिको खेलमा कोस्टारिका स्पेनसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भएको थियो ।

समूह ‘ई’ मा यसअघि जापानले जर्मनीमाथि २-१ गोलको सनसनीपूर्ण जित निकाल्दै सानदार सुरुवात गरेको थियो। आजै हुने यही समूहको अर्को खेलमा स्पेन र जर्मनी भिड्नेछ्न । आजको खेलसँगै स्पेन, जापान र कोस्टारिका समान ३ अंक जोडेर शीर्ष तीनमा छन् भने अंकविहीन जर्मनी तालिकाको पुछारमा छ ।

प्रतिक्रिया