शुक्रबार, वैशाख १४, २०८१

अमेरिकन चेम्बर अफ कमर्स नेपालको पहिलो वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०७९ मंसिर ११ गते २१:०६

काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स नेपालले गत हप्ता काठमाडौंमा आफ्नो पहिलो वार्षिक साधारण सभा आयोजना गरेको छ ।

चेम्बरका अध्यक्ष अजित शाहको नेतृत्वमा भएको उक्त बैठकमा मेटलाइफका निर्मलकाजी श्रेष्ठ, जीओ अटोमोबाइल्सका आकाश गोल्छा, पठाओका असिममान सिंह बस्न्यात, नेपाल, अम्बरकार सफ्टवेयरबाट अतुल्य रिसाल, आईसीटीसी होल्डिङ्सबाट जयदिन श्रेष्ठ, लीपफ्रग टेक्नोलोजीबाट कैलाश विजयानन्द र अभिनवा ल चेम्बर्सबाट सेमन्त दाहाल लगायतका सदस्यहरुको सहभागिता रहेको थियो ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष अजित शाहले भने, ‘हाम्रो अद्वितीय शक्ति हाम्रा बलियो सदस्य कम्पनीहरू, एमच्याम च्याप्टर्सको हाम्रो अन्तर्राष्ट्रिय क्षेत्रीय सञ्जाल, युएस चेम्बर अफ कमर्स र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यबाट आएको हो । ‘ उनले भने, ‘हाम्रा सदस्यहरूबीच गरिएको सर्वेक्षणबाट प्राप्त तथ्यांकका आधारमा हामीलेवकालत र नीति, अर्थ र नेटवर्किङ गरि तीनवटा मुख्यसमितिहरू विभाजन गर्न सफल भयौं जहाँ हामीले वर्षभरि राम्रो प्रगति गर्न सकेका छौं ।’

सभामा यी तीन समितिका विकास सम्बन्धित जानकारी समितिका सदस्यहरूले प्रस्तुत गरेका थिए जसलाई बोर्डले वार्षिक समीक्षा र वित्तीय विवरणसहित अनुमोदन गरेका थिए । साथसाथै सञ्चालक समितिका अध्यक्ष र सदस्यहरू अर्को साधारण सभासम्मका लागि पुनः निर्वाचित भएका छन् ।

प्रतिक्रिया