मोरक्को र बेल्जियमबीच प्रतिस्पर्धा जारी
नेपालखोज
२०७९ मंसिर ११ गते २०:२१

काठमाडाैं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत मोरक्को र बेल्जियमबीच प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् । यसअघि समूह चरणमा बेल्जियमले क्यानडालाई १-० गोलअन्तरले पराजित गरेको थियो भने मोरक्कोले क्रोयसियासँग बराबरी खेल खेलेको थियो ।
यसअघि आजै भएको पहिलो खेलमा कोस्टारिकाले जापानलाई पराजित गरेको छ । अहमेद बिन अलि स्टेडियममा भएको खेलमा कोस्टारिकाले जापानलाई १-० गोल अन्तरले पराजित गरेको हो । कोस्टारिकाको जीतमा केयशेर फुलेरले ८१औँ मिनेटमा निर्णायक गोल गरे ।
सम्बन्धित
प्रतिक्रिया