पराजित चर्चित नेता

काठमाडाैं । अघिल्लो प्रतिनिधिसभामा भएका पाँच दर्जनभन्दा बढी सांसद प्रतिनिधिसभा सदस्यको ताजा निर्वाचनमा पराजित भएका छन् । निर्वाचन -२०७९ को परिणामले पार्टीको माथिल्लो तहको जिम्मेवारीमा रहेका मुख्य नेताहरुलाई समेत संसद बाहिर बस्न बाध्य तुल्याएको छ ।
यसपटक संसदमा प्रवेश गर्न नपाउनेहरुमा नेकपा समाजबादिका वरिस्ठ नेता एवं पुर्व प्रधानमन्त्री झलनाथ खनाल, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल तथा उपमहासचिव प्रदीपकुमार ज्ञवाली, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो आदि छन् जो यो निर्वाचनमा पराजित भैसकेका छन् ।
नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरूङ, उपमहासचिव गिरिराजमणि पोखरेल र पम्फा भुसाल तथा पूर्व-मुख्यमन्त्री शेरधन राई पनि अबको ५ वर्ष प्रतिनिधिसभाबाट टाढै रहनेछन् । नेपाली कांग्रेसका सह-महामन्त्री उमाकान्त चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कार्यकारिणी समिति सदस्य अनिलकुमार झा तथा गृहमन्त्री बालकृष्ण खाँण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अनि युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठ पनि यो निर्वाचनमा पराजित हुँदै संसद जान बाट बन्चित भए । पूर्व-सभामुख ओनसरी घर्ती, पूर्व-उपसभामुख पुष्पा भुसाल गौतम तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलका लागि पनि यसपटकको निर्वाचन फलदायी हुन सकेन ।
अघिल्लो प्रतिनिधिसभाका सदस्य चक्रपाणी खनाल, अञ्जना विशङ्खे, घनश्याम भुसाल, अभिषेकप्रताप शाह, चित्रलेखा यादव, कृष्णकुमार राई, कृष्णभक्त पोखरेल, गणेश ठगुन्ना, गौरीशङ्कर चौधरी, गङ्गा चौधरी (सत्गौवा) तथा झपटबहादुर रावल पनि यो निर्वाचनमा परिजात भए । निवर्तमान सांसद भीमसेनदास प्रधान , बृजेशकुमार गुप्ता, देवेन्द्रराज कँडेल , निरुदेवी पाल, नवराज सिलवाल, प्रमोद साह, भरतकुमार शाह, भानुभक्त ढकाल, भूमिप्रसाद त्रिपाठी तथा महेश्वर बस्नेतका लागि समेत यो निर्वाचन अफाप सिद्ध भयो ।
अघिल्लो प्रतिनिधिसभामा भएका मातृकाप्रसाद यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, रघुवीर महासेठ, रामकुमारी झाँक्री, मोहम्मद इस्तियाक राई, यज्ञराज सुनुवार, राजेन्द्रप्रसाद गौतम, रामवीर मानन्धर पनि अबको पाँच वर्ष संसदमा देखापर्ने छैनन् । जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठीलाई पनि यो निर्वाचनले सदन प्रवेशको ढोका बन्द गरेको छ । पूर्वमन्त्री लक्ष्मणलाल कर्ण, सुजाता कोइराला, विजयकुमार गच्छदार , लालबाबु पण्डित, लेखराज भट्ट, बीना मगर, विरोध खतिवडा, सोमप्रसाद पाण्डेय, शेरबहादुर तामाङ तथा पूर्वसांसदहरू विजय सुब्बा, विशाल भट्टराई सूर्यप्रसाद पाठक एवं कोमल वलीका लागि पनि यो निर्वाचन सार्थक साबित हुन सकेन ।
प्रतिक्रिया