साईबर मन्डे को अवसरमा बिजबजारमा ७५ प्रतिशतसम्म छुट

काठमाडौं । नेपालका साना तथा मझौला उद्यमहरुलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई-कमर्स प्लेटफर्म बिजबजारले साईबर मन्डे को अवसरमा विभिन्न क्याटेगोरी का सामानमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ ।
साईबर मन्डे को अवसरमा विश्व भरि अनलाइन सामान किन्न प्रेरित गर्ने उद्देश्यले ग्राहकहरुको लागि विभिन्न छुट प्रदान गरिन्छ । बिजबजारले सो अवसरमा कम्प्युटर, ल्यापटप, अफिस सप्लाई, होम अप्लाईन्सेस, मोबाइल र अक्सेसोरिज जस्ता सामानहरुमा भारी छुट प्रदान गर्ने जनाएको छ ।
कम्पनीले एसस, एमएसआई, गिगा बाईट, एक्स ल्याव, क्यानन, ब्रदर, सामसङ, एलजी, सिजी, रियलमी, साओमी जस्ता विशेष गरी युवा वर्गमा लोकप्रिय ब्रान्डहरुमा छुटल्याउने भएको हो । सो योजना सम्बन्धी सम्पूर्ण जानकारी बिजबजारको वेबसाइट तथा एप मा उपलब्ध रहेको कम्पनीको भनाई छ ।

प्रतिक्रिया