मंगलबार, वैशाख १६, २०८२

राष्ट्र बैंकले गर्‍याे लघुवित्तको लाभांश वितरण सम्बन्धी व्यवस्थामा संशाेधन

लघुवित्त संस्थाहरुले वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने

नेपालखोज २०७९ मंसिर १२ गते १८:२४

काठमाडौं । लघुवित्त वित्तीय संस्थाको लाभांश वितरण सम्वन्धी व्यवस्थामा राष्ट्र बैंकले संशोधन गरेको छ । लघुवित्त संस्थाहरुको नाउँमा आइतबार परिपत्र जारी गर्दे राष्ट्र बैंकले लाभांश वितरण सम्वन्धी व्यवस्थामा सशोधन गरेको हो ।

संसोधित व्यवस्था अनुसार लघुवित्त संस्थाहरुले वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने भएको छ ।

यसअघि भने लाभांश वितरण सम्बन्धी व्यवस्थाः इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७÷७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने व्यवस्था रहेको परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया