ग्राउण्ड ह्याण्डलिङमा बुद्ध एयर

नेपालखोज २०७९ मंसिर १२ गते २०:५८

काठमाडाैं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १, २०२३ बाट सुरु हुने गरि बुद्ध एयरले सम्पूर्ण आन्तरिक तयारी गरिसकेको छ । धेरै वर्षको मिहिनेत र खर्चपछि यो पूर्वाधार साकार भएको छ । अब यस विमानस्थलको भरपूर उपयोग गरेर धेरैभन्दा धेरै पर्यटक (आन्तरिक एवं वाह्य) पोखरा र सम्पूर्ण गण्डकी प्रदेशमा भित्र्याउन बाटो खुलेको छ । विशेषतः गण्डकी प्रदेश र हरेक नेपालीको जिवनोस्तर उकास्न र सामान सम्पत्ति सिर्जना गर्ने बाटो पनि खुल्नेछन् ।

बुद्ध एयरले यस अन्तर्राष्ट्रिय विमानस्थलको सुरुवातबाटै पाँचवटा विमान रात्री–बिसान गरि साताको ३०० उडान भर्ने कार्यतालिका बनाएको छ । जसमा हरेक दिन नेपालगञ्ज, भैरहवा, भरतपुर र भद्रपुरबाट आन्तरिक उडान भर्नेछन् । अन्तराष्ट्रिय तर्फ साताको तीन दिन भारतको बनारस उडान भर्नेछन् । यसैगरी बुद्ध एयरले सम्बन्धित निकायमा दिनको दुई दिन भारतको नयाँदिल्ली र साताको ३ दिन देहरादुन उडान अनुमतिको लागि सम्बन्धित निकायमा निवेदन पेस गरेको छ ।

सानो उपत्यकामा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट विमानहरुले अन्तर्राष्ट्रिय उडान भर्न के कस्ता प्रकारका जहाजहरु कुन गन्तव्य जान सकिन्छ भन्ने बारेमा पनि बुध्द एयरका प्राविधिक टिम अध्ययनरत रहेको छ । निकट भविष्यमै यस दिशातर्फ बुध्द एयर अग्रसर हुने पनि विज्ञप्तिमा खुलाइएको छ ।

नयाँ विमानस्थल धेरै खर्चमा बनेको र सञ्चालन गर्न पनि बढी खर्च लाग्ने देखिन्छ । खर्च कम गर्न विमानस्थलको ग्राउण्ड ह्याण्डलीङ व्यवस्था एकीकृत हुन जरुरी छ । बुद्ध एयर देशैभरि उसको गन्तव्यमा आँफैले ग्राउण्ड ह्याण्डलिङ गरिराखेको छ । उसँग लामो समयको अनुभव र पर्याप्त जनशक्ति पनि रहेको छ ।

बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलीङ कार्यको प्रस्ताव नेपाली नागरिक उड्डयन प्राधिकरणलाई बुझाएका छ । बुद्ध एयरले विज्ञप्तिमा आन्तरिक एवं भोलि आउने अन्तर्राष्ट्रिय वायु सेवाहरुले सस्तो तर गुणस्तरीय ग्राउण्ड ह्याण्डलिङ व्यवस्थाका लागि प्रतिवद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया