जनमत पार्टीले कटायो थ्रेस होल्ड
नेपालखोज
२०७९ मंसिर १३ गते ९:००

काठमाडाैं । सीके राउत नेतृत्वको जनमत पार्टीले हालसम्म गणना भएको मतमा ३ प्रतिशतको थ्रेस होल्ड कटाएको छ । सोमबार रातिसम्म प्रतिनिधिसभाको समानुपातिकतर्फ कुल ९४ लाख ५२ हजार २ सउ ७६ मत गणना हुँदा सो पार्टीले २ लाख ८४ हजार ८ सय२८ मत पाएसँगै ३ प्रतिशतको थ्रेस होल्ड कटेको हो।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल १ करोड ९ लाख मत खसेको छ। अब गन्न बाँकी मत अर्थात अन्तिमसम्म पनि यो प्रतिशत जोगाउन सकेमा जनमत पार्टी थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सक्ने देखिएको छ । राष्ट्रिय पार्टी बन्नका लागि समानुपातिकमा ३ प्रतिशतका साथै प्रत्यक्षमा कम्तिमा १ सिट जितेको हुनुपर्नेछ ।
सम्बन्धित

प्रतिक्रिया