आइतबार, जेठ ६, २०८१

विश्वकप फुटबल : भविष्यवाणीमा अक्टोपसदेखि सट्टेबाजीसम्मको भर

नेपालखोज २०७९ मंसिर १३ गते १४:४९

सट्टाबाजी, आर्टिफिसियल इन्टेलिजेन्स, इन्भेस्टमेन्ट बैंकर र पूर्वानुमानकर्तामा के समान होला ? जानकारि छैन ? त्यसो भए सुन्नुहोस यी सबैले अर्बौं डलर खर्च गरेर फुटबल विश्वकपको नतिजाको सही भविष्यवाणी गर्ने प्रयास गर्छन्। यद्यपि यिनीहरुको उद्देश्य भने फरक हुन्छ। उदाहरणका लागि सट्टेबाजहरुले भविष्यवाणीको मद्दतले प्रसस्त पैसा कमाउन सक्छन्।

वित्तीय संस्थाहरुले पूर्वानुमान अनुसार मोडेलहरुको छनौट अनि प्रशारण हुने बिज्ञापनमा लगानि गर्छन्। यद्यपि कुनै पनि फुटबल खेल जुन सामान्यतया ९० मिनेट चल्छ र त्यहाँ अचानक परिवर्तनका लागि यति धेरै अवसर हुन्छ कि त्यस्ता पूर्वानुमानहरु नै फेल खान्छन् ।

वित्तीय क्षेत्रको समाचार संस्था मार्केट वाचसँग कुरा गर्दै क्लेमेन्टले आफ्नो अनुमानले जित्ने सम्भावना ४५ प्रतिशतमात्र हुने र बाँकी ५५ प्रतिशत भाग्यमा भर पर्ने बताए । तर के यो मौकाको कुरामात्र हो ? क्लेमेन्ट भन्छन्, ‘मौकाले सबैभन्दा ठूलो भूमिका खेल्छ।’

‘भविष्यवाणी गर्ने’ जनावरहरु

विश्वकप फुटबलको नतिजाका लागि पाण्डा, अल्पाकास, फेरेट र ऊँटजस्ता जनावरहरुसँग परामर्श लिइन्छ। एकताका पल नामक अक्टोपसको चर्चा पनि निकै चल्यो । सन् २०१० को विश्वकपमा अक्टोपस ‘पल’ले स्पेनले विश्वकप जित्नेसहित केही सही भविष्यवाणी गरेको थियो।

जर्मनीको ओबरहाउसेन सहरको अक्टोपस पललाई दुई क्यान खाना ख्वाइएको थियो। दुवै प्रशिक्षकमा ती टोलीको झन्डा प्रयोग गरिएको थियो, जसको खेल हुन लागेको थियो। यो अक्टोपसले १४ मध्ये १२ पटक सही अनुमान लगायो। दुःखको कुरा के छ भने पलको मृत्यु विश्वकपको केही समयपछि नै भयो।

यद्यपि वैज्ञानिकहरुले यस्ता कथित शक्तिमाथि लगातार प्रश्न उठाउँदै आएका छन्। पलका बारेमा पनि वैज्ञानिकहरुमा शंका थियो । अक्टोपसहरु सीधाभन्दा तेर्सा स्ट्रिपहरुमा आकर्षित हुन सक्छन जसले गर्दा तेर्सा झन्डाहरु प्रति उनीहरु आकर्षित भएका हुन सक्छन ।

सट्टेबाजहरुको अनुमान सटिक

विश्वकपमा सट्टेबाजहरुको समर्थन गर्न सकिदैन तर, प्रोफेसर सिमन्सजस्ता विज्ञहरु पनि सट्टेबाज कम्पनीहरु म्याचको नतिजाका सम्बन्धमा निकै प्रभावकारि हुन्छन् भन्ने विश्वास गर्छन् । सिमन्स भन्छन्, ‘कुनै पनि भविष्यवाणी पूर्ण रुपमा सही हुँदैन तर सट्टेबाजहरु जानकारीको राम्रो स्रोत हुन्। किनभने यदि उनीहरुको भविष्यवाणी गलत भयो भने उनीहरु आफैले ठूलो आर्थिक दुष्परिणाम भोग्नुपर्छ।’

प्रोफेसर सिमन्स कुनै पनि खेलको सम्भावित नतिजालाई प्राथमिकतामा व्यक्त गर्नु प्रभावकारि हुने बताउँछन् । उदाहरणका लागि केही वेबसाइटहरुले अहिले ब्राजिलले विश्वकप जित्ने सम्भावना उच्च रहेको जनाइरहेका छन्। जसमा क्रोएसियाको सम्भावना १०० मा १ र कतारको सम्भावना हजारमा १ प्रहरी रहेको जनाइएको छ।

यी सम्भावनाहरुको खेलमै सट्टेबाजहरुले जुवा खेल्नेहरुले भन्दा बढी पैसा कमाउँछन्। तै पनि सट्टेबाजहरुको पनि सफलताको ग्यारेन्टी हुँदैन।

बीबीसीको रिपोर्टमा आधारित

प्रतिक्रिया