माछापुच्छ्रे बैंकको अध्यक्ष पदमा डा. महतो
नेपालखोज
२०७९ मंसिर १३ गते २१:०७

काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्ष पदमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनका संस्थापक अध्यक्ष समेत रहेका डा. महतोलाई बैंकको सोमबार बसेको सञ्चालक समितीको चार सय ७२ औं बैठकले सञ्चालक समितीको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
यसअघि बैंकको अध्यक्ष पदमा डा. बिरेन्द्र महतो रहेकोमा उनले प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि पदबाट राजीनामा दिएका थिए । सो पश्चात रिक्त रहेको अध्यक्ष पदमा डा. उपेन्द्र महतो चयन भएको बैंकले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया