सोसलिष्ट इन्टरनेशनलको उपाध्यक्षमा नेपालका जिसी

काठमाडाैं । विश्वभरका समाजवादीहरूको साझा संस्था सोसलिष्ट इन्टरनेशनको उपाध्यक्षमा नेपालका खगेन्द्र जिसी निर्वाचित भएका छन् । स्पेनको म्याड्रिडमा यही नाबेम्बर २५ देखि २७ सम्म चलेको सम्मेलनले जिसीलाई सर्वसम्मत निर्वाचित गरेको हो ।
जिसी नेपाली जनसम्पर्क समिति अमेरिकाको पूर्वअध्यक्षसमेत हुन । जिसी सोसलिष्ट इन्टरनेशनलको उपाध्यक्ष बन्ने तेस्रो नेपाली हुन । यसअघि कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला तथा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै उक्त संस्थामो उपाध्यक्ष निर्वाचित भएका थिए । सोसलिष्ट इन्टरनेशनलको म्याड्रिडु सम्मेलनले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।
उक्त सम्मेलनमा जिसीसँगै नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्वसहसंयोजक बेदप्रसाद खरेलले समेत सहभागिता जनाएका थिए । भौगोलिक सन्तुलन र लैङ्गिक सन्तुलन सुनिश्चित गर्न सोसलिष्ट इन्टरनेशनलमा ३६ जना उपाध्यक्ष हुने व्यवस्था छ ।

प्रतिक्रिया