भेदभाव हटाउन डब्लूएचओले दियो मन्कीपक्सलाई नयाँ नाम

काठमाडाैं । मंकीपक्सलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नयाँ नाम दिएको छ । भेदभाव र कलंकविरुद्ध लड्न मद्दत गर्न यो रोग अब ‘mpox’ भनेर चिनिने छ । विभिन्न देशमा यो रोगलाई सम्बोधन गर्न आपत्तिजनक शब्दहरू प्रयोग भइरहेको थियो । यही कारण लामो समयदेखि बाँदरको नाम परिवर्तन गर्न माग भइरहेको थियो ।
यस सम्बन्धमा डब्ल्यूएचओले जारी गरेको जानकारीका अनुसार यी दुवै नाम अर्को एक वर्षसम्म प्रयोग गरिने छ, त्यसपछि मन्कीपक्स पूर्णतः हटाइनेछ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आपतकालीन समितिले मन्कीपक्स अझै पनि विश्वव्यापी स्वास्थ्य आपतकाल हो भनेको छ । यस्तो अवस्थामा यस सम्बन्धमा जारी गरिएका अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरूमा ध्यान पुर्याउनुपर्छ ।
कोभिड–१९ पछि विश्वभर मन्कीपक्स फैलिएको छ । हालसम्म विश्वका १ सय १० देशमा यो संक्रमण फैलिएको पुष्टि भइसकेको छ । हालसम्म यसका ८१ हजारभन्दा बढी मामिला रिपोर्ट गरिएको छ । विश्वव्यापी रूपमा यो रोगको बढ्दो प्रकोपलाई ध्यानमा राख्दै, विश्व स्वास्थ्य संगठन (WHO) ले २४ जुलाई २०२२ मा यसलाई सार्वजनिक स्वास्थ्य आपतकाल अर्थात् विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।
प्रतिक्रिया