शुक्रबार, वैशाख ७, २०८१

फुटबलको वास्तविक शक्ति कुन देशसँग छ ?

नेपालखोज २०७९ मंसिर १५ गते ११:३६

काठमाडौं । कतारमा संचालन भैरहेको फिफा विश्वकपको जोशले विश्वभरका फुटबलप्रेमीहरुलाइ उचालि रहेकोछ । यसमा ठुला उलटफेर पनि भएका छन् । जर्मनी, अर्जेन्टिना जस्ता दिग्गज देशले पनि पराजय भोग्नुपरेको छ । कतारमा विश्वभरका फुटबलप्रेमीहरुको घुइँचो छ । त्यहाँ यति धेरै मानिस जम्मा हुँदा आबासको समस्या समेत देखा परेको छ।

विश्वकपलाई फुटबलको सबैभन्दा ठूलो बजार पनि भनिन्छ तर के तपाईलाई थाहा छ फुटबलको वास्तविक शक्ति कुन देश वा महादेशमा छ ? जब कुनै देश , क्लब र पैसाको कुरा आउँछ तब फुटबलको वास्तविक पावरहाउस युरोप जस्तो देखिन्छ। भनिन्छ – फुटबलको वास्तविक शक्ति फिफा सँग छ, जसले विश्वभरको फुटबललाई आफ्नै तरिकाले नचाउँछ, तर के यो वास्तवमै सत्य हो ?

युरोप जहाँ फुटबल फस्टाउँदै गएको छ । संसारका सबै ठूला क्लब यहिँ छन्, सबै ठूला फुटबल लिगहरू यहिँ खेलिन्छन्। यहाँ फुटबल र व्यापारको ठूलो बजार पनि छ। फुटबलमा धेरै पैसा पनि यहिँ बग्छ। युरोपेली फुटबल विज्ञहरू युरोपेली फुटबल अन्य महाद्वीपहरूको तुलनामा सधैं धेरै अगाडि रहेको विश्वास गर्छन्। सन् १९३० मा सुरु भएको विश्वकप फुटबल प्रतियोगिता युरोपेली देसले १३ पटक जितेका छन् ।

दोस्रो शताब्दीमा चीनमा हान राजवंशको समयमा फुटबलको उत्पत्ति भएको थियो । अहिले अफ्रिकादेखि अमेरिका र युरोपदेखि एसियासम्म विश्वभर फुटबल खेलिन्छ।यहाँबाट यो पहिले एशियामा फैलियो। त्यसपछि अमेरिका र ल्याटिन अमेरिकामा फुटबल खेल्न थालियो । युरोपमा, यो धेरै पछि पुग्यो, १२ औं शताब्दी तिर । युरोपमा पहिलो पटक इङ्गल्याण्डमा फुटबल खेलिएको थियो। यद्यपि त्यहाँका राजाहरूले धेरै पटक यसमा प्रतिबन्ध लगाए । इंग्ल्याण्डमा पहिलो पटक १८७१ मा आधिकारिक फुटबल प्रतियोगिता आयोजित भएको थियो। इंग्ल्यान्डबाट फुटबल युरोपभर फैलियो र यसरी फैलियो कि यो हरेकको मनमा बस्न सफल भयो ।

युरोपमा अहिले करिब ३२ वटा प्रमुख व्यावसायिक फुटबल लीग छन् जसमा युरोपका २५ देशका ९ सय भन्दा बढी क्लबले भाग लिन्छन् । युरोपका देशहरूमा समृद्धि छ । भनिन्छ, सभ्यता र समृद्धिको पुनर्जागरणले युरोपलाई जति सिँचेको छ त्यति विश्वमा अन्यत्र कतै छैन । युरोपमा विश्वका उत्कृष्ट फुटबल खेल लिगहरू मात्र होइन, उन्नत खेल सुविधाहरू पनि छन्। प्रायः मानिसहरू युरोपको फुटबललाई बढी यान्त्रिक मान्छन । सामान्यतया युरोपका फुटबल टिमहरुका बारेमा के भनिन्छ भने उनीहरु यान्त्रिक खेल खेल्छन् । यद्यपि, पूर्ण फुटबलको कुरा गर्दा, युरोपका देस तथा टिमहरू खेलको हरेक विभागमा बढी शक्तिशाली छन्।

यता ल्याटिन अमेरिकी देशहरूले अझै पनि फुटबल प्रतियोगिताहरु जितेको पाइन्छ। ल्याटिनो फुटबलमा आफ्नै किसिमको सौन्दर्य र कलात्मकता छ । यद्यपि ल्याटिन अमेरिकी देशका खेलाडीहरू पनि पैसाका लागि युरोपेली फुटबल बजार तर्फ दौड लगाउँछन् । युरोपमा ल्याटिन अमेरिकी खेलाडीहरूको पनि ठुलो माग छ। ल्याटिनो फुटबलरहरू सामान्यतया युरोपेली फुटबलरहरूको तुलनामा महँगा पनि हुन्छन्।

विश्व फुटबलमा युरोपको सर्वोच्चतालाई कसैले चुनौती दिन्छ भने ती ल्याटिनो देशहरू नै हुन्। दक्षिण अमेरिकी देशहरूले लगातार युरोपलाई चुनौती दिदैं आएका छन । यद्यपि विगत २० वर्षदेखि कुनै पनि ल्याटिन अमेरिकी देस विश्वकप च्याम्पियन बन्न सकेका छैनन । तैपनि ल्याटिन अमेरिकाको पावर हाउस भनिने देश अर्थात् ब्राजिल, अर्जेन्टिना र उरुग्वेले १० पटक विश्वकप जितेका छन् ।

ल्याटिन अमेरिकाका मुख्य फुटबल पावरहाउस अर्जेन्टिना, ब्राजिल, पेरु, कोलम्बिया र उरुग्वे हुन्। यो विश्वकपमा ल्याटिन अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, उरुग्वे, पेरु तथा कोलम्बियाकाले सहभागीता जनाएका छन् । यता युरोपका पावरहाउस देशहरू इटाली, फ्रान्स, जर्मनी, स्पेन र इङ्गल्याण्ड मानिए पनि इटालि कतार विश्वकपमा सहभागि छैन्। यो विश्वकपमा युरोपका जर्मनी, फ्रान्स, स्पेन, इङ्ल्यान्ड, बेल्जियम, सर्बिया, स्वीडेन, क्रोएसिया, आइसल्याण्ड, रसिया, स्वीट्जरल्याण्ड, पोल्याण्ड तथा पोर्चुगल सहभागी छन् ।

अर्कातिर अफ्रिकाको कुरा गर्दा अफ्रिकी फुटबलले सन् १९८० को दशक देखि विश्व फुटबलमा आफ्नो पौरख देखाउन थालेको हो । सन् १९८२ मा पहिलो पटक अल्जेरियन फुटबल टिम चर्चामा आयो। त्यसपछि सन् १९९० को विश्वकपमा क्यामरुनले सबैलाई आश्चर्यचकित तुल्यायो । त्यसपछि धेरै अफ्रिकी देसले फुटबलमा चमत्कार देखाउँदै आएका छन् ।अहिले अल्जेरिया, मोरक्को, नाइजेरिया, घाना, सेनेगल, इजिप्ट, क्यामरुन तथा ट्युनिसिया अफ्रिकी महादेशका फुटबल पावरहाउस मानिन्छन् । विश्वकपमा अहिलेसम्म कुनै पनि अफ्रिकी देस क्वार्टरफाइनलभन्दा माथि पुग्न नसके पनि उनीहरुले बिपक्षी टिमलाई सधैं जोखिममा राख्दै आएका छन् ।

अफ्रिकाभर गरिबी व्याप्त छ । त्यहाँ जनतालाई आधारभूत सुविधा पनि छैन । यस्तो अवस्थामा खेल्न र आफ्नो क्षमतालाई विश्वस्तरीय बनाउन सजिलो छैन। सबैभन्दा ठूलो कुरा के हो भने धेरैजसो अफ्रिकी देशमा बालबालिकाले फुटबल खेल्न पनि पाउँदैनन्, फाटेका र फोहोर लुगा लगाएर सडकमा खेल्छन् । त्यसमाथि अफ्रिका सधैं उथलपुथल र अशान्तिबाट गुज्रिरहेको छ। त्यसैले पहिलो विश्वकपमा निकै प्रशंसा पाएका अफ्रिकी देशका धेरै टिम अहिले गायब भएका छन् । यस पटक कतार विश्वकपमा क्यामरुन, घाना, सेनेगल, मोरक्को र ट्युनिसियाले अफ्रिकाको प्रतिनिधित्व गर्दैछन् , जसमा सेनेगल अफ्रिकी फुटबल च्याम्पियन हो ।

गत विश्वकप खेलेका नाइजेरिया र इजिप्ट यसपटकको विश्वकपमा सहभागी छैनन् । अफ्रिकामा फुटबल प्रतिभा सामान्यतया बस्ती र गरिबीबाट उत्पन्न हुन्छन तर उनीहरूसँग फुटबलको आफ्नै किसिमको कला पनि छ। यही कलाको बलमा उनीहरु निकै राम्रोसँग अगाडि बढिरहेका अनि जादूगरि खेल देखाइरहेका छन् । यता एशियाली देसहरू विश्वकप फुटबलमा सहभागी त हुन्छन् , तर सामान्यतया पहिलो राउन्डभन्दा अगाडि बढ्न सक्दैनन् । यसपटकको विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई पहिलो खेलमै हरायो भने जापानले जर्मनीलाई हराएको थियो । यसका साथै यो विश्वकपमा कतार र इरान पनि सहभागि छन् ।

प्रतिक्रिया