शुक्रबार, वैशाख १४, २०८१

म फूल हुँ !

अर्जुन पराजुली २०७९ मंसिर १५ गते १४:०२

म फूल हुँ !
बरु
जुत्ताको माला उनेर
मेरो गलामा लगाइदेऊ !
तर
मलाई उनेर नेताको गलामा नलगाइदेऊ !

तिमी मलाई
नेताको गलामा लगाइदियौ भने
अरु फूलको अगाडि मैले
मुख कसरी देखाउनु ?!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया