‘अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्क छ’

नेपालखोज २०७९ मंसिर १५ गते १२:४९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार (समाज)को २६औं वार्षिकोत्सव कार्यक्रममा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए ।

‘मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन,’ उनले भने, ‘अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ ।’ अर्थतन्त्र सबल बनाउनका लागि निजी क्षेत्रको साथ आवश्यक भएको उनको भनाइ छ ।

प्रतिक्रिया