बिहीबार, जेठ ३, २०८१

काठमाडौं वेयरहाउसद्वारा नेपाल फ्रेट फर्वार्डस् एसोसिएसन र नेपाल कुरियर सेवा संघबीच सम्झौता

नेपालखोज २०७९ मंसिर १६ गते २०:४९

काठमाडौं । काठमाडौं वेयरहाउस एण्ड डिस्ट्रिब्युशन सेण्टरले नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन र नेपाल कुरियर सेवा संघ संग सम्झौता गरेको छ । ति संस्थाका सदस्यहरुलाई वेयरहाउजिङ, वितरण तथा व्यवसायिक सहायक सेवाहरु प्रवाह गर्नका लागि समझदारी गरेको संघले जनाएको छ ।

नेपालको वेयरहाउजिङमा नयाँ युग ल्याउने अपेक्षा गरिएको यो समझदारीसँगै ति संस्थाका सदस्य कम्पनीहरुले तोकिएको न्यून दरमा गोदाम, वितरण तथा अन्य सेवाहरु उपयोग गर्न सक्नेछन् । शुक्रबार हस्ताक्षर गरिएको सो सम्झौतापत्रका अनुसार केडब्ल्युडीसीले संकलन गरेको शुल्कको केही हिस्सा साझेदार संस्थाहरुलाई फिर्ता गरिनेछ जसबाट उनीहरुले विभिन्न विकासका कार्यहरु गर्न सक्नेछन् । यसले दुवै पक्षलाई लाभ मिल्ने अपेक्षा गरिएको छ ।

काठमाडौं नेपालको व्यापारिक केन्द्र हो जहाँ ठूलो मात्रामा व्यापार तथा वितरण गतिविधिहरू हुन्छन्। यद्यपि यहाँ व्यावसायिक तथा व्यवस्थित गोदाम एवम् मालवाहक ट्रक र ट्रेलरहरूको लागि सजिलो पहुँच भएको वितरण केन्द्रको ठूलो अभाव छ। यसका साथै, त्यस्ता सवारी साधनलाई दिनको समयमा शहरमा ‘नो एन्ट्री’को समस्या छ भने र रातमा ट्रक र ट्रेलरहरू शहर प्रवेश गर्न त पाउँछन् तर सामान लोड तथा अनलोड गर्नका लागि श्रमिक तथा फोर्क लिफ्ट क्रेन पाउन समस्या पर्ने गरेको छ ।

यी गाडीहरूको लागि कतै पनि ‘पार्किङ जोन’ छुट्याइएको छैन । यस्ता समस्याहरुका कारण ट्रकहरूले सहर प्रवेश गर्दा ट्राफिकबाट सास्ती खेप्नुपरेको छ भने र काठमाडौं प्रवेश गर्न र बाहिर निस्कनमै एक दिन खेर गइरहेको छ । यी यावत कुरालाई ध्यानमा राखी समस्याको समाधान खोज्ने उद्देश्यले काठमाडौं वेयरहाउस एण्ड डिस्ट्रिब्युसन सेण्टर प्रा. लि.को अवधारणा विकास गरी यसलाई अस्तित्वमा ल्याइएको हो ।

यो कम्पनी थानकोट चेकपोस्टनजिकै नेपाल आयल निगम डिपो जाने सडकमा अवस्थित छ । यो यस्तो स्थानमा छ जहाँ ‘नो एन्ट्री’ को कुनै समस्या छैन । हाल १२ रोपनी जग्गामा फैलिएको यो सेण्टरले प्रशिक्षित कर्मचारीबाटश्रम सेवा, फोर्कलिफ्ट र क्रेन सुविधा, प्यालेटाइजेशन सेवा, हप्ताको सातै दिन चौविसै घण्टा सुरक्षा, रिसिभिङ, अनलोडिङ, लोडिङ,भण्डारण, प्रेषण, गोदाम-देखि-गेटसम्म ढुवानी सेवा प्रदान गर्दछ ।

केडब्ल्युडीसीले वेयरहाउस म्यानेजमेण्ट सिस्टम (डब्ल्युएमएस)को प्रयोग गर्छ जसले यहाँ आउने सामान रिसिभ गरी पहिले नै छुट्याइएको स्टलहरूमा भण्डारण गर्छ र ग्राहकहरूको आवश्यकता अनुसार, खोजेको बेला रियल टाइम स्टक रिपोर्ट प्रदान गर्न सक्छ। यहाँ रिप्याकिंग र अभिवृद्धि सुविधा पनि उपलब्ध छ भने आवश्यक परेमा बारकोडिङ सुविधाको साथ डिजिटलाइज्ड इन्भेन्टरी म्यानेजमेण्ट पनि उपलब्ध छ। चौबिसै घण्टा यो क्षेत्र सीसीटीभी को निगरानीमा रहन्छ भने सुरक्षा गार्डहरूले पनि निरन्तर गस्ति गरिरहन्छन् ।

यहाँको सेवा लिन ग्राहकले आफ्नो कार्गो र सवारी साधनको विवरणसहित एउटा सन्देश÷लग–इन मात्र केडब्ल्युडीसीलाई पठाउनु पर्ने हुन्छ र बाँकी सबै कुरा यहाँको टोली र व्यवस्थापन प्रणालीले मिलाउँछ । यो सिंगल विन्डो वन-स्टप-सर्भिस (ओएसएस) स्टेसन हो जसले काठमाडौंका व्यापारी समुदाय र अन्य संस्थाहरूको आवश्यकताहरू पूरा गर्दछ। अन्तर्राष्ट्रियस्तरको व्यावसायिक मापदण्डका साथ सञ्चालनमा आएको यो सेवा न्यून शुल्कमा उपलब्ध छ ।

केडब्ल्युडीसीमा उपलब्ध सेवाहरूः
– भण्डारण, लजिस्टिक तथा इन्भेण्ट्रि व्यवस्थापन
– सामानको परिमाणको आधारमा भाडा
– क्षेत्रको आधारमा भाडा
– खुद्रा सामानको आधारमा भाडामा
– बीमा र दाबी टुंग्याउनमा सहायता
– प्रशिक्षित व्यावसायिक कर्मचारी
– लोडिङ, अनलोडिङ, वेयरहाउसिङ र स्ट्याकिंग उपकरण र सुविधाहरू
– प्याकेजिङ, पुनःप्याकेजिङ र मूल्य अभिवृद्धि
– आंशिक वा पूर्ण डेलिभरी
– दिइएको मागनिर्देशन वा विक्रेताको आवश्यकताअनुसार भण्डारण र इन्भेण्ट्रि व्यवस्थापन
– आयात र निर्यातका लागि लिफ्टिङ र सिफ्टिङ सेवा
– चौबिसै घण्टा सीसीटीभीको निगरानी
– सामानको रियल टाइम अराइभल र डिस्प्याच
– डब्लयुएमएसको प्रयोगद्धारा बारकोडिङ र लेबलिङ
– स्टकको उपलब्धता र उत्पादन विवरणहरूको लागि डब्ल्युएमएसमा पहुँच (इन्भेण्ट्रि म्यानेजमेण्ट)
– इन्भ्वाइसको सफ्ट प्रतिलिपि अपलोड गर्न सकिने तथा डेलिभरी नोट डाउनलोड गर्न सकिने
– भीसीटीएस सेवा

प्रतिक्रिया