पत्रकार लम्सालको उपचारमा इञ्जाद्वारा ५० हजार सहयोग

नेपालखोज २०७९ मंसिर १७ गते १८:१९

काठमाडाैं । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगको उपचारमा रहनुभएका वरिष्ठ पत्रकार हरि लम्साललाई नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल(इन्जा)ले रु ५५ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

मुलुकको पत्रकारिता विधामा पाँच दशकदेखि क्रियाशील पत्रकार लम्साललाई उपचारमा केही सहयोग पु¥याउन सकियोस् भन्ने हेतुले इन्जा ग्लोवलका सचिव दीपक रिजालसहितको टोलीले अस्पताल पुगेर उक्त रकम हस्तान्तरण गरेको हो ।

उनी केही दिनदेखि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारमा छन् ।

प्रतिक्रिया