बिहीबार, वैशाख १३, २०८१

विश्वकप-२०२२ का १० मूल्यवान् खेलाडी

नेपालखोज २०७९ मंसिर १८ गते ११:४०

काठमाडाैं । फिफा विश्वकप – २०२२ मा ३२ देसका ८ सय ३१ खेलाडी सहभागी छन् । यद्यपि यी ८ सय ३१ खेलाडीमध्ये सबैभन्दा मूल्यवान खेलाडी इंग्ल्याण्डका १९ वर्षीय जुड बेलिङहम हुन । बोरुसिया डर्टमण्डबाट खेल्ने जुड बेलिङ्घमको अनुमानित स्थानान्तरण मूल्य करिब २, ७४ , २४० करोड रुपैयाँ छ । हेरौं फिफा विश्वकपमा सहभागी शीर्ष १० मूल्यवान खेलाडी :

सिआइइएस अब्जर्भेटरीले जारी गरेको सूचीको पहिलो नम्बरमा भएका जुड बेलिङ्घमको अनुमानित स्थानान्तरण मूल्य करिब २, ७४ , २४० करोड रुपैयाँ छ । ब्राजिलियन खेलाडी विनयस जुनियर यो सुचिको दोस्रो नम्बरमा छन् जसको स्थानान्तरण मूल्य लगभग २,७२,९६० करोड रुपैयाँ छ। अर्कातर्फ फ्रान्सका एमबाप्पे २६२०८० करोडको ट्रान्सफर भ्यालुका साथ तेस्रो नम्बरमा छन् । चौथो स्थानमा स्पेनका पेड्रि गोन्जालेज २१४४०० करोड छ भने पाँचौं नम्बरमा जर्मनीका जमाल मुसियाला छन् जसको ट्रान्सफर भ्यालु करिब २०४९६० करोड छ । यो सूचीको छैटौं नम्बरमा उरुग्वेका फेडेरिको भाल्भर्डे छन्, जसको ट्रान्सफर मूल्य १६६८८० करोड रुपैयाँ छ। सातौं नम्बरमा पोर्चुगलका रुबेन डायस छन्, जसको ट्रान्सफर भ्यालु १६०००० करोड रुपैयाँ छ । आठौं नम्बरमा नेदरल्याण्डका खेलाडी फ्रेकी डी जोग छन्, जसको मूल्य १४९२८० करोड रुपैयाँ छ । नवौं नम्बरमा अर्जेन्टिनाका लाउटारो मार्टिनेज छन्, जसको मूल्य १३४४०० करोड रुपैयाँ छ । सूचीको दशौं स्थानमा बेल्जियमका खेलाडी थिबाउट सी छन् जसको ट्रान्सफर मूल्य ८६६०० करोड रुपैयाँ छ ।

रोनाल्डो र मेस्सी शीर्ष ३२ मा परेका छैनन् । सिआइइएस अब्जर्भेटरीले जारी गरेको सूचीमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको नाम समावेश छैन । अचम्मको कुरा, अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि ३२ देसका शीर्ष ३२ खेलाडीमा परेका छैनन् । पछिल्ला दुई प्रतियोगितापछि लियोनल मेस्सी महँगा खेलाडीको सूचीबाट बाहिरिएको यो पहिलो अबसर हो । यो सूचीमा पोल्याण्डका रोबर्ट लेवान्डोस्की ८०० करोड मूल्यका साथ १८ औँ र दक्षिण कोरियाका सन ह्युङ मिन ५७५ करोड रुपैयाँका साथ २६ औँ नम्बरमा छन् ।

प्रतिक्रिया