शुक्रबार, वैशाख ७, २०८१

एसियन हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

नेपालखोज २०७९ मंसिर १८ गते १५:५०

काठमाडौं । एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा मंसिर २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ

कम्पनीले निष्कासन गर्न लागेको ३४ करोड रुपैयाँको ३ करोड ४० लाख कित्ता सेयरमा आयोजना प्रभावित ईलाम नगरपालिका–१०, माई जोगमाई गाउँपालिका–३ र ४ तथा सूर्योदय नगरपालिका–११ का स्थानीय बासिन्दाले १ लाख ३६ हजार कित्ता र इलाम जिल्लामा रहेका अन्य वासिन्दाले २ लाख ४ हजार कित्ता सेयरमा आवेदन दिन पाउनेछन् ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले ८४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँका दरले १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको हकमा पुस १२ गतेसम्म आवेदन दिन सकिनेछ । विदेशमा रहेका आवेदकले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित स्थानीय बनसिन्दाले भने पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरे पुस २७ गतेसम्म आवेदन दिन पाइनेछन । स्थानीयले एनएमबि बैंकको ईलाम शाखा, सिभिल बैंक माईजोगमाई शाखा ,प्राइम कमर्सियल बैंकको बिब्लाटे शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल शाखाबाट आवेदन भर्न सकिनेछ । यो कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो ।

प्रतिक्रिया