शनिबार, जेठ ५, २०८१

सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँड

नेपालखोज २०७८ कार्तिक १६ गते १२:३६

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) बाँडफाँट गरेको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज सेयर बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्कासन गरेको आइपीओमा कुल २१ लाख ९८ हजार ७६४ जनाले दुई करोड ५२ लाख १९ हजार ९०० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए ।

आवेदन दिएकामध्ये नौ हजार ९८६ जनाको आवेदन रद्द भएको र बाँकी २१ लाख ८८ हजार ७७८ योग्य आवेदकमध्ये ६७ हजार ८९० आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय अंकित मूल्यमा सात करोड ३० लाख रुपैयाँ मूल्य बराबरका सात लाख ३० हजार कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको थियो ।

कुल सेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई, दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीलाई र बाँकी ६ लाख ७८ हजार ९०० कित्ता सेयर सर्वसाधारण छुट्याइएको थियो ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका र माईजोगमाई गाउँपालीका क्षेत्रमा पर्ने माइखोलामा कुल नौ दशमलव ५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत् आयोजना निर्माण गरेको छ ।

जलविद्युत् आयोजनाले गत असोज १ गतेदेखि व्यापारिक उत्पादनसमेत सुरु गरिसकेको कम्पनीले जनाएको छ ।

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट (मेरो सेयर) मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया