शुक्रबार, वैशाख ७, २०८१

राष्ट्र बैंकद्वारा पुनः १९ अर्ब २६ करोड रुपैयाँँको ट्रेजरी आव्हान

नेपालखोज २०७९ मंसिर १८ गते १६:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने मंसिर २० गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको चार अर्ब २६ करोड र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ पुस १९ गते, २०७९ फागुन २३ गते र २०८० जेठ २३ गते तोकिएका छन् । यी ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् । यसअघि यही मंसिर १२ गते पनि राष्ट्र बैकले १६ अर्ब ६३ कारेड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया