बिहीबार, असार १९, २०८२

दोलखामा एमालेको झिनाे अग्रता

नेपालखोज २०७९ मंसिर १९ गते ८:४५

काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच कडा प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म ७८ हजार ९७९ मतगणना गर्दा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार १९९ र माओवादी केन्द्रका गङ्गा कार्कीले ३४ हजार १८४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । 

दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजय भएका छन् । उनले २३ हजार ३३१ मत प्राप्त गरेका छन् । रासस

प्रतिक्रिया