बुधबार, जेठ २, २०८१

सुनचाँदीकाे भाउ बढ्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७९ मंसिर १९ गते १०:५६

काठमाडाैं । नेपाली बजारमा आज (साेमबार) सुनचाँदीको भाउ बढेकाे छ । छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ४ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे तेजाबी सुन प्रतितोला ९९ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।

त्यसैगरी, आज चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । चाँदी आज पनि प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया