बिहीबार, असार १९, २०८२

दिपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

नेपालखोज २०७९ मंसिर १९ गते १९:४२

मनाङ । मनाङ्ग – २ का प्रदेशसभा सदस्य राजीव गुरुङ्ग अर्थात दिपक मनाङे नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) मा प्रवेश गरेका छन । विगतमा बिबादास्पद छवि भएका गुरुङ्गले स्वतन्त्र रुपमा निर्बिरोध चुनाव जितेका हुन । उनी यसअघि पनि मनाङ्गबाट स्वतन्त्र सांसद थिए ।

उनको राजनिति बिगतमा पंचायति ब्यबस्थाको समर्थनमा देखिएको थियो भने पछि उनी राप्रपामा लागेका थिए । मनाङेले गण्डकी प्रदेशको सरकार गठनका क्रममा पहिले एमाले तथा पछि बर्तमान सत्तागठबन्धनको समर्थन गरि मन्त्री पद हत्याएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) प्रवेश सम्बन्धि उनको बक्तब्यको पुर्ण पाठ :
नेपालको समृद्धि र विकासको लागि प्रतिबद्ध भई यसमा योगदान गर्ने र मनाङ्गबासी आमा बुबा दाजुभाई दिदि बहिनीहरुको सकारात्मक उद्धेश्य परिपूर्तिका लागि निश्वार्थ सवाभाव राखी काम गर्न मनाङ्ग जिल्ला प्रदेशसभा – २ बाट स्वतन्त्र रुपमा मलाई निर्विरोध निर्वाचित गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

राजनीति कमाउनको लागि होइन सेवाभावले निस्वार्थ रुपमा जनताप्रति समर्पित भएर गरिने कार्य हो । यसलाई विकृत हुनबाट जोगाउनु आजको आवश्यकता र हाम्रो दायीत्व हो । यही कुरालाई मनन गर्दै मैले स्वतन्त्र रुपमा रही जनताको सेवा गर्ने निर्णय गरेको थिएँ । तर, परिवर्तित परिस्थितिमा एक्लै रहनु भन्दा राजनीतिक पार्टीको संगठनमा आवद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निश्कर्षमा म पुगेको छु ।

अतः मेरो यस पवित्र उद्धेश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेका राजनीतिक पार्टीहरुमध्ये नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को रहेको र त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवी, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मिति देखि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)मा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया