शुक्रबार, वैशाख ७, २०८१

कस्ता–कस्ता जागिर ?

नेपालखोज २०७९ मंसिर २० गते १२:०१

काठमाडौं । कतिपय मानिसहरु प्राय: कामको घण्टा र काममा उनीहरूको प्रोफाइलका सम्बन्धमा चिन्तित हुन्छन् । सामान्य ९ देखि ५ बजे सम्म काम गर्ने हरेक व्यक्तिले आफ्नो जीवनमा केही नयाँपनको अपेक्षा गर्दछ। संसारभरि यस्ता धेरै अनौठा कामहरू छन्, जसमा रमाइलो वा फुर्सदका साथ पैसा कमाउन सकिन्छ। यस्ता कतिपय काम देखेर हामीलाई आश्चर्य पनि लाग्छ भने कतिपय जागिर देखेर हामी लालयीत पनि हुन्छौं ।

पुशरको काम : जापानलाई त्यसै मेहनती मानिसको देश भनिदैन। जापानिहरूले सधैं कडा परिश्रमको नयाँ- नयाँ उदाहरण प्रस्तुत गर्छन् ।जापानमा सबवेज स्टेशनहरूमा व्यावसायिक पुशरहरू नियुक्त गरिएका छन् । तिनीहरूको काम मानिसहरूलाई रेलमा धकेल्ने हो । तिनीहरूको उद्देश्य मेट्रो ट्राममा अधिकतम संख्यामा मानिस भर्ने हो। यसले समयमै कार्यालय पुग्ने सबैको ग्यारेन्टी बढाउँछ।

भाडामा प्रेमी : साँचो जीवन साथी खोज्न सजिलो छैन। यो प्रकृयामा कयौं पटक युवतीहरु धोकामा समेत पर्छन् । त्यसैगरि कतिपय युवतीले एक्लै भ्यालेन्टाइन डे मनाउनु पर्छ । यद्यपि हिजोआज भाडामा उपलब्ध हुने ब्वायफ्रेन्डको कामले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । टोकियोबाट सुरु भएको यो अनौठो जागिर (वियर्ड जब्स) अहिले विश्वका अन्य देशमा पनि लोकप्रिय बन्दै गएको छ । यी भाडा प्रेमीहरूलाई प्रति दिनका हिसाबले तलब दिइन्छ ।

प्रोफेशनल स्लीपर : सामान्यतया मानिसहरू जागिर जोगाउन निद्रा समेत त्याग गर्छन् । यद्यपि केही काम यस्ता पनि छन्, जहाँ घण्टौंसम्म लगातार सुते बापत पर्याप्त तलब (व्यावसायिक स्लीपर वेतन) पाइन्छ । हो ! धेरै शोधकर्ताहरू र गद्दा कम्पनीहरूले पेशेवर स्लीपरहरू भाडामा लिन्छन् । अनुसन्धानकर्ताहरूले मानिसहरूको निद्राको ढाँचा जाँच गर्छन्, जबकि कम्पनीहरूले तिनीहरूको उत्पादनहरूको गुणस्तर जाँच गर्छन्।

प्रोफेशनल स्ट्यान्ड लाइनर : के तपाईं मन्दिर, मेट्रो वा अन्य सार्वजनिक स्थानमा घण्टौं लाइनमा उभिनुभएको छ ? पक्का हो त्यो भन्दा बढी बोरिंग र थकाउने अरू कुनै काम छैन । उता जापानमा मानिसहरूले समय बचत गर्न पेशेवर लाइनर भाडामा लिन्छन्। तिनीहरूको काम कसैको तर्फबाट लाइनमा उभिनु हो। यसका लागि उनीहरूलाई घण्टाको आधारमा तलब दिइन्छ। अहिले यो चलन अन्य देशमा पनि सुरु हुन थालेको छ ।

बियर परीक्षक : युवाहरूले बियर पिउँदा घरबाट गाली खानु पर्छ यद्यपि उनीहरूले त्यसरी बियर पिए बापत पैसा पाउन थाले भने के हुन्छ ? धेरै कम्पनीहरूले उनीहरूको बियरको स्वाद तथा गुणस्तर समीक्षाका लागि पेशेवरहरूलाई तलब दिएर राखेका हुन्छन्। त्यस्तै, आइसक्रिम र केक परीक्षकहरू पनि राखिन्छन्। यति मात्र होइन, हिजोआज Netflix Tagger Job पनि ट्रेन्डिङमा छ। उनीहरूको काम नेटफ्लिक्समा चलचित्र तथा वेबसिरिजहरू हेरेर त्यसको बिबिध सुचना तयार पार्नु हो।

प्रतिक्रिया