राष्ट्र बैंकले एक अर्ब २७ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैकले एक अर्ब २७ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्ने भएको छ । अवकाश कोष अन्र्तगत कर्मचारी सुरक्षण कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०७९ पुस एक गतेदेखि २०८० मंसिर ३० गतेसम्मको लागि राख्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार यसरी मुुद्धती निक्षेपकोरुपमा राखिने कूल रकम मध्येमा बाणिज्य बैकहरुको लागि एक अर्ब एक करोड ६० लाख, बिकास बैंकहरुको लागि १९ करोड पाँच लाख र फाईनान्स कम्पनीहरुको लागि छ करोड ३५ लाख रुपैयाँ छुट्याइएको छ । रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर २३ गते सम्ममा नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने राष्ट्र बैंकको भनाई छ ।
रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएको राष्ट्र बैंकको भनाइ छ ।


प्रतिक्रिया