मंसिर २९ गतेदेखि भीमफेदीमा महोत्सव

नेपालखोज २०७९ मंसिर २१ गते ८:१०

काठमाडाैं । ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धन र प्रचारप्रसार उद्देश्यले मकवानपुरको भीमफेदी गाउँपालिकामा प्रथम पटक भीमफेदी–हेटौँडा–सामरी महोत्सव मेला हुने भएको छ ।

यही मङ्सिर २९ गतेदेखि पुस १० गतेसम्म भीमफेदी – १ को खोप्लाङमा चल्ने उक्त महोत्सवमा स्थनीय व्यापार व्यवसाय, हस्तकला, उत्पादित सामग्रीको प्रचारप्रसार एवं पर्यटन प्रवद्धन हुने आयोजकहरुको विश्वास छ ।

उक्त महोत्सवमा दुई सय व्यापारिक कक्ष रहने छन भने कलाकार धीरज राई, बद्री पङ्गेनी, मिलन लामा, ज्योति मगर, प्रिती आले, एलिना चौहान आदिले मनोरञ्जक प्रस्तुति दिनेछन् ।

मेलामा वाल उद्यम, विभिन्न खेलकुद, खाना , लत्ताकपडा, स्थानीय उत्पादन, कृषि प्रदर्शनीलगायतका व्यापारिक कक्षहरु रहनेछन् ।

प्रतिक्रिया