हनि ट्रयापमा पार्ने युट्युबर गिरफ्तार

काठमाडौं । दिल्लीमा प्रहरीले नामि युट्युबर नामरा कादिरलाई पक्राउ गरेको छ । नामरामाथि एक व्यापारीलाई हनी ट्रयापमा पारी १ करोड २८ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
नामरा कादिरले व्यापारीलाई बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएकी थिइन् । दिल्ली प्रहरीले कादिरलाई गएको सोमबार ( ५ डिसेम्बर , २०२२ ) गिरफ्तार गरी मजिस्ट्रेट अदालतमा पेश गरेको थियो। अदालतले कादिरलाई ४ दिनको प्रहरी हिरासतमा पठाएको छ । प्रहरीले अहिले कादिरका श्रीमान् तथा सह अभियुक्त मनिष उर्फ विराट बेनिवालको खोजी गरिरहेको छ । रिपोर्ट अनुसार कादिरले आफ्नो अपराध स्वीकार गरिसकेकि छिन् । उनले व्यवसायीबाट लिएको रकम र सामान फिर्ता गर्ने प्रयास भइरहेको छ ।
घटना बिबरण :
हरियाणाको गुडगाउँको बादशाहपुर निवासी ती व्यापारीले एक विज्ञापन एजेन्सी चलाउँदै आएकाछन्। उनले पुलिसलाई केही समयअघि दिल्लीको शालिमार बाग निवासी नामरा कादिर नामकी महिलासँगको सम्पर्कमा आएको बताएका छन । त्यसपछि उनले केही महिनाअघि गुरुग्रामको सोहनास्थित एक होटलमा कामको विषयमा छलफल गर्न भनी ति महिलासँग भेटेका थिए ।
नामरा कादिरसँगै विराट उर्फ मनिष बेनिवाल नामका अर्का व्यक्ति पनि सँगै रहेको ती व्यापारी बताउँछन । व्यवसायीले कादिरलाई व्यवसाय सुरु गर्न ४ लाख रुपैयाँ दिएको उजुरीमा उल्लेख छ । नामरा कादिरले त्यो पैसाको बारेमा सोध्दा,ताउँछ भनिन मैले उनलाई विवाहको प्रस्ताव राखे र हामिहरू दुवै साथी बन्यौं । त्यसपछि उनिहरु निकै नजिकिए ।
केही दिनपछि ती व्यापारी र नामरा कादिरले सँगै रात बिताए । त्यही क्रममा नामरा कादिरका साथी मनिष बेनिवालले भिडियो बनाएका थिए । पछि उनीहरु मिलेर व्यापारीलाई ब्ल्याकमेल गर्न थाले र बलात्कारको मुद्दामा फसाउने धम्की दिए । उक्त भिडियोकै आधारमा नामरा कादिर तथा उनका ती पुरुष साथीले आफूलाई ब्ल्याकमेल गरी १ करोड २८ लाख रुपैयाँ फिरौती असुल गरेको ती व्यवसायिको आरोप छ । यद्यपि उनिहरुको माग बढ्दै गयो । उनीहरुको मागबाट दिक्क भएर व्यापारीले गुरुग्राम प्रहरीमा उजुरी दिए । उजुरीका आधारमा प्रहरीले दुवै अभियुक्तलाई असोज १० गते नोटिस पठाएको थियो ।
यो घटनाका अर्का आरोपी नामरा कादिरका श्रीमान् मनिष उर्फ विराट बेनिवाल फरार रहेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गर्न प्रहरीले विभिन्न ठाउँमा छापा मारिरहेको छ । भिडियो सेयरिङ प्लेटफर्म युट्युबमा नामराका ६ लाखभन्दा बढी सब्सक्राइबर छन् भने उनका श्रीमान् पनि युट्युबर नै हुन ।

प्रतिक्रिया