शुक्रबार, वैशाख १४, २०८१

२०२२ का हरर चलचित्र जसले उच्च रेटिङ पाए

नेपालखोज २०७९ मंसिर २१ गते १६:२६

काठमाडौं । मनोरञ्जन जगतमा हरर चलचित्रको फरक किसिमको क्रेज छ । दर्शकहरू डरको यो संसारमा पुगेर भर्चुअल आनन्द लिन चाहन्छन् । यो विधाका अधिकांश सफल चलचित्र हलिउडमै बन्छन् । २०२२ मा पनि यस्ता धेरै फिल्म आए, जसले दर्शकलाई आफ्नो सिटबाट हल्लिन दिएनन् । आउनुहोस् हेरौँ रेटिङका ​​आधारमा यो वर्षका उत्कृष्ट ५ चलचित्र :

डरलाग्दो चलचित्रको एउटा विशेष कुरा के हुन्छ भने यसको कथा नै यसरी बुनिएको हुन्छ कि हरेक दर्शकले चलचित्रका घटना आफु वरपर नै घटिरहेको महसुस गर्छन्। वर्ष २०२२ मा पनि केही यस्ता फिल्म आए, जसले दर्शकलाई आफ्नो सिटमा टाँसेर राखे ।

Bones and all, रेटिंग-७.३ : यो फिल्म लुका गुआडाग्नियो द्वारा निर्देशित छ। यो मरेन नामकी महिलाको कथा हो । फिल्मको थ्रिलर र डरले मानिसलाई अन्तिमसम्म तानेर राख्छ। फिल्ममा टिमोथी, टेलर रसेल, मार्क राइलेन्स तथा किन्डले कफी महत्वपूर्ण भूमिकामा छन् ।

Barbarian, रेटिङ-७.१ : यो चलचित्र एउटी महिलाको वरिपरि केन्द्रित छ जो आफू बसेको भाडाको घरमा सबै ठिक नभएकोमा चिन्तित छिन् । फिल्मलाई ज्याक क्रिगरले निर्देशन गरेका हुन् । फिल्ममा जर्जिना क्याम्पबेल, बिली स्कार्सगार्ड, जस्टिन लङ तथा म्याथ्यु प्याट्रिकले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

पर्ल, रेटिङ-७ : फिल्मको पृष्ठभूमि सन् १९१८ मा आधारित छ। यसले सस्पेन्स र डरलाई युवतीको वरिपरि घुमाउँछ। चलचित्र टी वेस्टको निर्देशनमा बनेको हो । यसमा मिया गोथ, डेभिड कोरेनस्वेट तथा म्याथ्युले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

नो, रेटिङ-६.९ : यो फिल्मको कथा क्यालिफोर्नियाको एउटा टापुमा केन्द्रित छ । यो मिस्ट्री फिल्ममा यस्ता धेरै पल छन्, जसले दर्शकलाइ आफ्नो सिटबाट बाँधेर राख्छन् । यो फिल्मलाई जोर्डन पिलेले निर्देशन गरेका हुन् । यसमा डेनियल, केके पाल्मर, ब्रेन्डन पेरिया, माइकल आदि कलाकारको अभिनय छ ।

एक्स, रेटिङ-६.६ : युवा फिल्म निर्माताहरूको एक समूह वयस्क फिल्म शूट गर्न टेक्सास जान्छ। त्यसपछि फिल्मको कथाले अर्कै मोड लिन्छ । यो चलचित्रलाई पनि टी वेस्टले निर्देशन गरेका हुन् । यसमा मिया, जेना तथा ब्रिटनी स्नोको महत्वपूर्ण भूमिका छ ।

स्रोत : आइएमडिबिको रेटिङ

प्रतिक्रिया